• बुधबार, साउन २० २०८३

सुरु भयो ११ औँ गोरखा महोत्सव (फोटो फिचर)


बुधबार, पुष २७ २०७९
1K
Shares

गोरखा । आजदेखि ११ औँ गोरखा महोत्सव सुरु भएको छ ।

३०१ औं पृथ्वी जयन्तीको अबसरमा पारेर गाेरखा उधाेग बाणिज्य संघले ‘११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा ब्यापार मेला २०७९’ सुरु गरेकाे हाे । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक कार्यक्रमकावीच उद्घाटन गरेका हुन्।

गोरखाको ऐतिहासिक, पर्यटकिय क्षेत्र एवं धार्मिक स्थलहरुको परिचय आन्तरिक एवं वाह्य क्षेत्रहरुको प्रचार प्रसार गराउने उदेश्यले आयोजना गरिएको महोत्सव माघ ७ गतेसम्म हुने आयाेजक उधाेग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले जानकारी दिए ।

महोत्सवअघि रङ्गसाला गेटबाट सुरु भएको र्याली हरमटारी बसपार्क नयाबजार, पृथ्वी नारायण चौतारा परिक्रमा गरी महोत्सव स्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो । उक्त ¥यालीमा विभिन्न जातजाति र संघसंस्थाको उपस्थिति थियो ।

११ दिनसम्म हुने महोत्सवमा औधोगीक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, बिविध मनोरञ्जनात्मक कार्यक्रम एवं दोहोरी गीत कार्यक्रम लगायत विभिन्न कार्यक्रम प्रतियोगिता र मनोरञ्जनका कार्यक्रम हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार