• शनिबार, साउन ९ २०८३

इन्जिनियरले दिए गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन


सोमबार, बैशाख २९ २०७७
820
Shares

गाेरखा । जिल्ला अस्पताल गाेरखालाइ प्रगतिशिल इन्जिनियर संगठन नेपाल (पिन) गोरखा र नेपाल इन्जिनियर एसोसियसन (एनइए) ले खुट्टाको प्रयोग गरेर हात धुन सकिने मेसिन सहयाेग गरेको छ ।

मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कने मेसिन साेमबार एक कार्यक्रमका बिच एनइएका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेले अस्पतालका निमित्त मेसु नविन थापालाइ हस्तान्तरण गरेका हुन ।

मेसिनबाट गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ । जसका कारण काेराेनाकाे जोखिम समेत कम हुने बिश्वास लिइएकाे छ ।

दुईसय लिटरको पानी ट्यांकी राखेर हातधुने यन्त्र बनाउँदा ३० हजार खर्च भएको अध्यक्ष वाग्लेले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज कृष्ण धितालले गण्डकी प्रदेशका इन्जिनियरहरुको यो प्रविधिलाई सबैतिर प्रयोगमा ल्याइ सजिलै हात धुने सुविधा लिन आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार