गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउने भएका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गोरखा जान लागेका हुन्।
आजदेखि गोरखामा सुरु हुने महोत्सब उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्। गोरखा नगरपालिकामा उद्योग वाणिज्य संघ गोरखाले महोत्सवको आयोजना गरेको छ। जसको उद्घाटनका लागि आज ११ बजे प्रधानमन्त्री त्यहाँ पुग्ने बताइएको छ।

यस्तै प्रधानसेनापति प्रभुराम शर्मा पनि आज गोरखा आउने भएका छन्। तर उनी महोत्सवका लागि नभइ गोरखा नगरपालिकाले आँगनमा राखेको पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि आउने भएका हुन्।
उनले दिउँसो ३ बजे शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। गोरखा नगरपालिकाले २० लाख भन्दा बढी रकम खर्च गरेर शालिक राखेको छ। जसलाई हरेक दिन नेपाली सेनाले सलामी दिने बताइएको छ।


