गोरखा । गोरखा नगरपालिकाका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको छ ।
पछिल्लो समय किशोरीहरुमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि सामाजिक बिकास कार्यालय गोरखाले तिन दिने किशोरी आत्मरक्षा तालिम दिइएको हो ।

तालिममा नगरपालिका भित्रका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । बाटोमा हिड्दा कोही मानिस आफु सगँ नजिक हुन खोज्दै छ भने उसले कुन तरिकाले हेरेको छ ? कसरी हेरेको छ ? त्यसलाई बिचार गरेर मात्र आफ्नो प्रतिकृया दिन सक्ने हुने जिल्ला समन्वय समीति गोरखाका उपाध्यक्ष लिला परीयारले बताए ।
महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि नगरपालिका क्षत्रका किशोरीहरुलाई तालिम दिएको सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले बताए ।
सारीरीक रुपमा कमजोर, जातिय रुपमा कमजोर भएका मानिसहरुलाइ यो तालिमको बढि आबस्यक पर्ने शिक्षा बिकास कार्यालय गोरखाका प्रमुख सुभाष अर्यालले बताए । जहा हिंसा हुन्छ त्यहा रक्षा गर्न जरुरी रहेको पनि उनले बताए ।
तालिमले उध्यमसिलता बनाउने, जिबनमा राम्रो प्रभाब पार्नुका साथै आत्मरक्षा गर्ने हौसला बढ्ने पद्धति बिकासका कमला लामिछानेले बताए । सहभागि किसोरीहरुलाई सृिष्ट रिजालले सहजकर्ताको भुमिका खेलेका थिए ।