• बुधबार, साउन २० २०८३

केवलकार रोकिए कसरी गर्ने यात्रुको उद्दार ? सशस्त्र प्रहरीले गर्‍यो अभ्यास


सोमबार, पुष २५ २०७९
1.1K
Shares

गोरखा । सशस्त्र प्रहरीले केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको हो ।

केवलकारमा दर्शनार्थी चढेको समयमा कुनै कारणवस केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्वार गर्न सकियोस भन्ने उद्देश्यले सो अभ्यास गरिएको बताइएको छ।

भविष्यमा आईपर्न सक्ने समस्याहरुलाई सजिलैसँग समाधान गर्न सकियोस भन्ने उद्देश्यले गरिएको रोप रेस्क्यु अभ्यासमा सो शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धि दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

शिक्षालयले यसअघि आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिईने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी सो सम्बन्धी अभ्यास समेत गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार