• बुधबार, साउन २० २०८३

गोरखामा ३८ जनाले गरे आत्महत्या


आइतबार, पुष २४ २०७९
1.1K
Shares

सुदिप श्रेष्ठ

गोरखा । शहिद लखन ७ मकैपुरकी १२ वर्षीया सिमन परियारले गत पौष २२ मा आफ्नै घरभित्रको ढलानमा डोरी लगाएर आत्माहत्या गरे ।

त्यसअघि पौष ५ मा शहिद लखन ८ का १६ वर्षीया निशान खड्काले डोरीको पासो लगाई आत्महत्या गरे ।

गोरखामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पौष १५ सम्म गोरखामा ३८ जनाले आत्महत्या गरिसकेका छन् । तीमध्ये ३२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । २ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

१ जनाले हाम फालेर आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा गोरखामा ६९ जनाले आत्महत्या गरेका थिए । तीमध्ये ६६ जनाले झुन्डिएर आत्महत्या गरेका थिए २ जनाले हाम फालेर आत्महत्या गरेका थिए ।जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेका अनुसार आत्महत्या गर्नेमा बढी पुरुष छन् ।

पुरुषमध्ये अविवाहित र नाबालिका पनि उल्लेख्य हुने गरेका छन् । उनका अनुसार पुरुषहरु महिलाको तुलनामा बढी जिम्मेवार र दबाबमा पर्ने र दुर्व्यसनीको सिकार हुँदा आत्महत्याको घटना निम्तिने गरेको पाइएको छ । नाबालिकाहरूले प्रेमसम्बन्धमा असफलता, दिर्घरोगी, मानसीक असन्तुलन, रिसको कारण बढी आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनले बताए ।

‘युवाहरुमा आत्महत्या विशेषगरी बिछोड, कुलतबाट हुने गरेको छ,’ उनले भने, ‘ विवाहित पुरुषको हकमा परिवारमा बढी जिम्मेवारी र व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छन् ।’ आत्महत्या विशेषगरी योजनाबद्ध तथा झोकमा गरिने मानिसको व्यवहार र आचरणमा भरपर्ने प्रहरी सहायक निरिक्षक नवराज श्रेष्ठले जानकारी दिए ।

‘आत्महत्या बढ्नुको कारण विशेषगरी दुर्व्यसनी, सचेतनाको कमी, सहयोग पाउने स्थान कतै नपाउनुले पनि आत्महत्या गर्छन्,’ उनले भने ‘ यसलाई न्यूनिकरण गर्न हामिले चेतनामुलक कार्यक्रम, आत्महत्या न्युनिकरणमा आमाहरुको भुमिका जस्ता कार्यक्रम गर्दै आएका छौ ।’ विद्यालय, क्याम्पस र समुदायमा पुगेर प्रहरीले चेतनामुलक कार्यक्रम गर्दै आएको छ । आत्महत्या रोक्न सचेतना र आबेग नियन्त्रणनै आत्महत्याको पहिलो उपचार रहेको श्रेष्ठले बताए ।मानसिक तनाव भएका तथा लागूऔषध सेवनकर्ताहरूले पनि आत्महत्या गर्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार