गोरखा। जिल्ला समन्वय समिति गोरखाले जिल्लाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको छ ।

समितिको अाइतवार बसेको बैठकले कानून विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
गृहमन्त्रालयले क्रसर उद्योग बन्द गर्न पुस २० गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि गोरखा प्रशासनलेपनि यो निर्णय गरेको उनले बताए ।



कालिका बालुवा प्रशोधन केन्द्र, न्यू गण्डकी बालुवा प्रशोधन केन्द्र प्राली, श्री घ्यल्चोक सिद्धि दर्शन सप्लायर्स प्रालि, न्यू गण्डकी बालुवा प्रशोधन उद्योग नमोवुद्ध बालुवा प्रशोधन केन्द्र, श्री मोर्डन स्याण्ड वासिङ प्रालि, श्री गोरखा रिसोर्स म्यानेजमेन्ट प्रालि, शेरा बालुवा प्रशोधन केन्द्र, चित्रादेवी बालुवा प्रशोधन केन्द्र, श्री बूढीगण्डकी मल्टिप्रपोज प्रालि, जिया बालुवा प्रशोधन केन्द्र दर्ता भएको पर्यटन तथा उद्योग कार्यालयमा तथ्याङ्क छ ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उद्योगहरुको छानबिन गरी कानुन विपरीत भए नभएको हेरेर तत्काल बन्द गराई उद्योगमा रहेको कच्चापदार्थ स्टक प्रमाणित गरी ७ दिन भित्र विवरण पठाउन भनिएको छ।
मापदण्ड विपरीत रहेका उद्योग बन्द गराउन स्थानीय तहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सघाउने बैठकले निर्णय गरेको छ। खानी तथा नदिजन्य पदार्थहरु ओसारपसार गर्दा सडकको भारवहन क्षमता भन्दा बढी तौल भएका सवारी साधनहरु प्रयोग नहुदा सडकहरु चाडै बिग्रने अबस्था भएकोले सडक क्षमता भन्दा बढि भारवहान भएका सवारी साधनहरुको आवात जावातमा रोक लगाउने निर्णय गरेकाे छ ।
मुग्लिन पोखरा सडक आयोजना तनहुँले नदीजन्य पदार्थ उत्खननमा हेभि उपकरण प्रयोग गर्न माग गरेको विषयमा ईणठठ को दफा १२ (१) र दफा ४(४) बमोजिम कानुनको प्रतिकुल नहुने गरी अनुमति दिन पालुङटार नगरपालिकालाई अधिकार दिने निर्णय भएको छ ।


