विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।
संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ ।