• बिहिबार, भाद्र २५ २०८३

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


आइतबार, पुष २४ २०७९
720
Shares

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख ३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार