सुदिप श्रेष्ठ
गोरखा। शहिद लखन गाउपालिका ६ घैरुङ पिपलछापकाे खेलमैदानमा न्यानो माघेसक्रान्ति मेला २०७९ हुने भएको छ ।
हिमालय देबि युवा क्लबको आयोजनामा पुस २६ देखि १ गतेसम्म मेला हुने भएको हो । मौलिक संस्कार संस्कृतिको संरक्षण र खेलकुदको बिकास गर्ने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष निर्मल गुरुङले जानकारी दिए ।

आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउने, स्थानिय कृषि घरेलु पशुपालनबाट उत्पादित बस्तु तथा स्थानिय कला र सांस्कृतिक संरक्षण र प्रबद्र्धन गर्नका लागि मेला आयोजना गरीएको उनले बताए । मेलामा नबौ शहिद लखन हिमालय देबि कप, गोरु जुधाइ, दौड प्रतियोगिता, हस्तकला प्रतियोगिता (डोको,खुर्पेटो तथा चकटी बुनाइ), कृषि तथा पशु प्रदर्शनी र विविध सास्कृतिक कार्यक्रमहरुमुख्य आकर्षण रहने क्लबले जनाएको छ ।
१२ लाख खर्च अनुमान गरिएको मेलामा १५ हजारभन्दा बढि दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलाको आम्दानिको केही रकमले आर्थिक स्तर न्यून भएको केहि परिवारहरुको लागि न्यानो कपडा बितरण गर्ने कार्यक्रम संयोजक बल बहादुर गुरुङले जानकारी दिए ।



नबौ शहिद लखन हिमालय देबि कप’ प्रतियोगीता
गोरखाको शहिदलखन गाउँपालिका ६ घैरुङ पिपलछापमा ‘नबौ शहिद लखन हिमालय देबि कप’ प्रतियोगीता हुने भएको छ ।
पौष २६ देखि १ गतेसम्म प्रतियोगीता हुने क्लवका अध्यक्ष निर्मल गुरुङले जानकारी दिए । उक्त फुटबल प्रतियागितामा प्रथम हुनेलाई एक लाख २१ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई नगद रु ६० हजार मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, गोल रक्षक गोलकर्ताकालागि पनि आकर्षक पुरस्कार रहेको अध्यक्ष गुरुङले जानकारी दिए । खेलमा सहभागी हुन चाहने टिमले पौष २५ गते बेलुकी ८ बजेसम्म टिम दर्ता गराउन सक्ने क्लबले जनाएको छ । प्रतियोगीतामा ९जना खेलाडी, ३ जन एक्स्ट्रा ,१ जना कोच सहित जम्मा १३ जना सहभागी हुने क्लबले जनाएको छ । दर्ता शुल्क दुई हजार धरौटी सहित १२ हजार कायम गरिएको आयोजकले जनाएको छ ।
शहिद लखन ६ घैरुङ पिपलछापमा यस वर्ष १५ हल गोरु जुधाइने
गोरखाको घैरुङ पिपलछापमा यस वर्ष १५ हल गोरु जुधाइने भएको छ । शहिद लखन ६ घैरुङ पिपलछापमा स्थित खेलमैदानमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन १५ हल गोरु जुधाइने गोरु जुधाइ कार्यक्रम संयोजक केशर गुरुङले जानकारी दिए ।
अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेगोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई माघेसक्रान्तीका रूपमा सञ्चालन गर्न लागिएको गोरु जुधाइ कार्यक्रम संयोजक गुरुङले बताए । माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरुधनी किसानलाई १० हजार र पराजित हुने गोरुधनी किसानलाई ५ हजार नगद दिइने गुरुङले बताए ।


