• बुधबार, साउन २० २०८३

स्वाँरा सघन गाउँ विकास केन्दको अध्यक्षमा कृष्ण कुमारी गुरुङ


आइतबार, पुष २४ २०७९
1.2K
Shares

गोरखा। स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको ३५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट गाउँ विकास केन्द्रको अध्यक्षमा कृष्ण कुमारी गुरुङ चयन भएकी छिन् । अधिवेशनले गुरुङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शंकर नेपाली, सचिवमा हरिमान गुरुङ र कोषाध्यक्षमा देवी थापा चयन भएका छन् ।सदस्यहरुमा ज्ञान माया गुरुङ, तुलसी बाबु श्रेष्ठ, याम नारायण श्रेष्ठ, राज गुरुङ चयन भएका छन् ।

एक जना सदस्य पछि थप्ने निर्णय भएको छ । केन्द्रका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा प्रमिला अधिकारीले गत बर्षको आर्थिक प्रतिवेदन र केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा केन्द्रका कार्यक्रम व्यवस्थापक द्रोणचार्य तिमल्सीना, लेखा तथा प्रशासन अधिकृत प्रमिला अधिकारी र कार्यसमितिका सदस्य हरिमान गुरुङलाइ सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार