• बुधबार, साउन २० २०८३

पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा रोट्रर्‍याक गोरखाद्धारा बजार क्षेत्रको सरसफाई


आइतबार, पुष २४ २०७९
840
Shares

गोरखा। रोट्रर्‍याक क्लव अफ गोरखाले पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा नगर क्षेत्रमा सरसफाई गरेको छ ।

शनिबार रोट्रर्‍याक क्लव अफ गोरखाको आयोजन र गोरखा नगरपालिकाको सहकार्यमा गोरखा नगरपालिका ६ को ठूलो आँगन देखि वडा नं ८ को प्रतिक्षालय सम्म सरसफाइ गरिएको क्लवका उपाध्यक्ष शिवहरी तिमल्सीनाले जानकारी दिए ।

पुस २७ गते पृथ्वी जयन्तीको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनाबरण कार्यक्रमलाई केन्द्रित गरी सरसफार्इ गरिएको उनले बताए । शनिबार विहान आठ बजे देखि ११ बजे सम्म ठूलो आँगन देखि प्रतिक्षालय सम्मका सडकको दायाबायाँ सरसफाइ गर्नुका साथै नाली सफा गरेको उनले बताए ।

क्लवका अध्यक्ष निरन्जन कट्टेको अध्यक्षता तथा गोरखाको नगरपालिकाका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा रोटरी क्लव अफ गोरखा, रोट्रर्‍याक क्लव अफ गोरखा, नेपाल प्रहरी, सशास्त्र प्रहरी बल, नेपाल आर्मी, रोट्रर्‍याक क्लव अफ बज्र मनास्लु, लायन्स क्लव अफ गोरखा, लियो क्लव अफ गोरखा, गोरखा जेसिज गोरखाका प्रतिनिधि, गोरखा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, वडा सदस्य, हरमटारी क्लब, पदेली टोल विकास संस्था, बसपार्क टोल विकास संस्था, शक्ति चोक टोल विकास संस्थाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार