• बिहिबार, भाद्र २५ २०८३

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न गोरखा प्रशासनको निर्देशन


शनिबार, पुष २३ २०७९
785
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्रै कानून विपरित अवैधरूपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

प्रशासनले शनिवार एक सुचना जारी गर्दै कानुन बिपरीत तथा अनुमति नलिइ अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

सुचनामा भनिएको छ, “ प्रचलित कानून विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तथा विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योग ÷ निर्माण व्यवसायीले आयोजना समाप्त भए पश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए शुक्रबार देखि लागु हुने गरी बन्द गर्न व्यवसायीलाई जानकारी गराउँछौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालद्वारा जारी सूचनामा सूचना विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार