• बुधबार, साउन २० २०८३

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सत्ता गठबन्धनको निर्णय


शनिबार, पुष २३ २०७९
760
Shares

सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’ प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदा सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार