• बुधबार, साउन २० २०८३

मन्दिरको टुप्पोमा विमान ठोक्कियो, पाइलटको मृत्यु


शुक्रबार, पुष २२ २०७९
865
Shares

नयाँ दिल्ली। भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् ।

रेवा प्रहरीका अनुसार घटना शुक्रबार बिहान भएको हो। यो विमान मन्दिरबाट खसेको हो ।

रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताए । चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।

घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार