नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ८ सय रूपैयाँले घटेको छ।
आज छापावाल सुन एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख एक हजार ८ सय रूपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २० रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।