• बुधबार, साउन २० २०८३

बस दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु, १८ घाइते


शुक्रबार, पुष २२ २०७९
2.4K
Shares

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डको सत्यवती, खुर्सानेको मधुवनमा दुर्घटना भएको हो।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस गएराति करिब सवा १० बजे दुर्घटना हुँदा एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेका छन् ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार