गोरखा। मनकामना केवलकार आजदेखि नियमित सञ्चालनमा आएको छ ।
विद्युत आपुर्तिमा भइरहने समस्याका कारण प्यानलमा क्षति पुग्दा पुस १० गते साँझदेखि अवरुद्ध भएको केबुलकार सेवा आज शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो ।

हालै नयाँ प्यानल प्रतिस्थापन गरि आजबाट नियमित सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।
निर्माण कम्पनी अष्ट्रियाबाट सिस्टम प्यानल मगाउनुपर्ने भएकोले केही दिन सेवा अवरुद्ध हुन पुगेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । आज विहान ८ बजेबाट नियमित यात्रुलाई सेवा दिन सुरु गर्ने जनाएको छ ।


