• बिहिबार, भाद्र २५ २०८३

स्नातकको नतिजा नआएसम्‍म नेविसंघ स्ववियु चुनावमा नजाने


बिहिबार, पुष २१ २०७९
610
Shares

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयले ६ महिना अघि लिएको स्नातक तहको परीक्षा सबै आएपछि मात्रै नेविसंघले स्ववियु चुनावमा भाग लिने जनाएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ६ महिना अघि पनिकाले सञ्चालन गरेको स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘६ भन्दा अघि लिइएका स्नातक तहको सबै परीक्षा नतिजा नआई स्नातकोत्तरमा भर्ना खुलाइएको छ । ती सबै नतिजा नआएसम्म नेविसंघले स्ववियु निर्वाचनमा भाग लिँदैन।’

परीक्षा नियन्त्रण कार्यलयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्षको, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन। सबै नतिजा नआई भर्ना खुलाएको भन्दै विद्यार्थीहरुले चर्को विरोध गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको छ । तर नेविसंघ अध्यक्ष भने परीक्षा नतिजा नआई निर्वाचन कार्यतालिका सार्वजनिक नगर्न माग गरिरहेको बताउँछन् ।

चैत १४ भित्र गर्दा हुने भएकोले कार्यतालिका सार्वजनिक गर्न हतार गर्न नहुने उनको जिकिर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार