गोरखा । छुट्टाछुट्टै नदीमा डुबेर गोरखामा दुई जना वेपत्ता भएका छन् । त्रिशुली नदीले बगाएर १४ बर्षे बालक र मस्र्याङ्दी नदीले बगाएर १९ बर्षका किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर १ मकैसिं घर भएका १४ बर्षिय विकास चेपाङ आइतबार दिउसो करिब एक बजेको आसपासमा त्रिशुलीले बगाएर बेपत्ता भएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
बुबा बुद्ध प्रजासंग नदीमा माछा मार्न गएका उनलाई नदीले बगाएर बेपत्ता उनको भनाई छ ।
त्यस्तै मस्र्याङ्दी नदीले बगाएर १९ बर्षिय कृष्णबहादुर पुन मगर बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेङडाँडा गाउँपालिका १ घर भई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका ६ बस्ने पुनलाई शनिबार मस्र्याङ्दी नदीले बगाएर बेपत्ता बनाएको डिएसपी खतिवडाको भनाई छ ।
गोरखाको शहीद लखन गाउँपालिका ३ भुवनीटारस्थित मस्र्याङ्दी नदीको छेउमा पौडी खेल्ने क्रममा नदीले बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए ।
उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ।