
गोरखा। गोरखा नगरपालिकाले ठूलो आँगन क्षेत्रमा रहेको पोलमा टाँगिएको तारजाली २४ घण्टा भित्र हटाउन निर्देशन दिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै भोली बिहिवार पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण, झण्डोत्तोलन र बिगुल तथा सलामी अर्पण रहेकोले प्रयोजनका लागि बिद्युत पोल सार्नुपर्ने भएकाले बिद्युत पोलमा टाँगिएका तारहरु हटाउन निर्देशन दिएको हो ।


