गोरखा । सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच सोमवार छलफल सम्पन्न भएको छ।
छलफलमा सूचना अधिकारीहरुको सूचनाको हक कार्यान्वयनका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी बरालले सूचनाको हक सम्बन्धी ऐन तथा त्यसको व्यवस्था लगायतका बिषयमा जानकारी दिएका थिए ।

सरकारी कार्यालय तथा सञ्चार क्षेत्रबीच सूचना आदानप्रदानमा रहेका समस्याहरुका बारेमा छलफल गरि आगामी दिनमा सरकारी कार्यालय र पत्रकारबीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै लैजान सवै कार्यालयलाई आफ्नो वेवसाईट अपडट गर्न प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चाय निर्देशन दिएका थिए ।
पत्रकारहरुलाई सूचना दिने मात्र नभएर पत्रकारहरुबाट लिन पनि सकिने भन्दै कार्यालयले गर्ने सेवा प्रवाहका बारेमा आएका सूचनाको कमीकमजोरीलाई सुधार्ने अबसर प्राप्त भएको बताएका थिए ।
सञ्चार क्षेत्रले सरकारी कार्यालयका सूचनाहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने तथा सबै कार्यालयका सार्वजनिक सरोकारका सूचनाहरु कार्यालयका वेभसाईट मार्फत सूचनाको पहुँचलाई सहज बनाउन नेपाल पत्रकार महासघं गोरखा अध्यक्ष नरहरी सापकोटाले अनुरोध गरे । पत्रकारहरुले सूचना माग्न जादा सूचना अधिकारीले कार्यालय प्रमुखलाई सोध्नुपर्ने, आफूलाई थाहा नभएको जस्तो प्रतिक्रिया समेत आउने गरेकाले यसलाई सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।
सूचनाको अधिकार कार्यान्वयका बिषयमा पत्रकारहरुले विभिन्न सवाल उठाएका थिए । सरकारी कार्यालयका सूचना अधिकारीले आफ्ना आफ्ठयाराहरु सुनाएका थिए ।