• बिहिबार, साउन २१ २०८३

लियो क्लवद्वारा गोरखाका दुई बिद्यालयलाई स्टेशनरी तथा न्यानो कपडा वितरण


सोमबार, पुष १८ २०७९
1K
Shares

गोरखा । लियो क्लब अफ गोरखाले गोरखाको दुई बिद्यालयलाई स्टेशनरी तथा न्यानो कपडा वितरण गरेको छ ।

क्लवले सोमवार एक कार्यक्रम गरी सिरान्चोक ८ चिप्लेटि स्थित जनज्योति मा बि र एकता प्रा बिका बिद्याथिलाई स्टेशनरी तथा न्यानो कपडा बितरण गरेको क्लबका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।

बिपन्न बर्गका बिद्याथिलाई शैक्षिक गतिबिधिमा केहि सहयोग होस भन्ने उद्देश्यका उक्त कार्यक्रम गरीएको अध्यक्ष परियारले बताए ।

कार्यक्रममा जनज्योतिमा अध्ययनरत ६९ जना बिद्यार्थिहरुलाई जाडोको न्यानो कपडा, ३० जना बिध्यार्थिलाई शैक्षिक सामाग्री र अर्को बिध्यालय एकतामा अध्ययनरत ८ जना बिध्यार्थिहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरीएको क्लबले जनाएकाे छ ।

बिद्यार्थिहरुलाई स्टेशनरीमा कापि, कलम, सिसाकलम, ईरेजर र कपडामा टोपि र मोजा वितरण गरिएको थियो ।

क्लबका अध्यक्ष परीयारको अध्यक्षता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान राज गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक छन्द प्रसाद तिमल्सिना, लियो शमिर तामाङले मन्तब्य राखेकाे कार्यक्रमका संयोजन गरेका प्रबिन उपरकोटीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार