• बिहिबार, भाद्र २५ २०८३

हिमपात र चिसोबाट जोगिन गोरखा प्रशासनको आग्रह


सोमबार, पुष १८ २०७९
750
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले हिमपात र चिसोबाट बच्न आग्रह गरेको छ।

केही समययता चिसो बढेकाेले जिल्लाको उत्तरी क्षेत्रमा हिउ पर्न सक्ने र र अन्य भागमा चिसो बढ्नुका साथै जनजीवनमा असर परेकाेले त्यसबाट बच्न आग्रह गरिएको प्रशासनको सहायक जिल्ला अधिकारी चित्राङ्गत बराललेले जानकारी दिए।

चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, अत्याधिक चिसोको समयमा घर बाहिर लामो समय नबस्न, रातको समयमा न्यानो कपडा सिरक, कम्मल जस्ता कपडा ओड्न, हिउ परेको समयमा चिसो बढ्ने हुनाले आगो तापेर शरिरलाइ न्यानो राख्न आग्रह गरेको छ।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बिरामीहस्को हेरचाहा गर्न प्रशासनले आग्रह गरेको छ।

चिसोका कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त ब्यबस्था मिलाउन, चीसोले कोभिड १९ को संक्रमण बढ्ने हुनाले स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन आग्रह गरेको छ ।

सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्नसमेते आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार