• बिहिबार, साउन २१ २०८३

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?


सोमबार, पुष १८ २०७९
700
Shares

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार पनि चाँदी १४ सय रुपैयाँमा नै किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार