• बिहिबार, साउन २१ २०८३

बहुपति प्रथाबारेको फिल्म ‘टुल्की’ चैत ३ मा


सोमबार, पुष १८ २०७९
1.1K
Shares

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ चैत ३ गतेदेखि हलमा प्रदर्शनमा हुने भएको छ।

बहुपति प्रथा नेपालको हिमाली क्षेत्रमा प्रचलनमा रहेको छ। 

फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय रहेको छ।

देवजंग थापाले निर्देशन गरेको फिल्मको छायांकन डोल्पामा गरिएको छ।

सुशील अधिकारी र नमराज घिमिरेले छायाङ्कन गरेका छन्।

फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ।

फिल्म अभिनेत्री सुहाना थापा सीईओ रहेको फिल्म वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार