• बिहिबार, साउन २१ २०८३

आज देशभरको मौसम कस्तो रहन्छ ?


सोमबार, पुष १८ २०७९
700
Shares

देशका केही स्थानमा आज सोमबार बदली रही थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था रहेको छ।

सोमबार दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार