गोरखा । जिल्लामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ ।
लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका ६ लुप्राङकी डल्लीमाया चेपाङ बीच ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि हात हालाहाल भएको हो ।

लघुवित्तबाट लिएको रिन तिर्न नसक्दा आफुमाथि हातपात भएको चेपाङ बताउछिन् ।
सामान्य भनाभन पछि जथाभावी मुख छाड्दै आफुमाथि एक्कासी हातपात गरेको उनले बताइन् । कोरोना लकडाउनभन्दा अघि सो लघुवित्तबाट तीनलाख रुपैयाँ ऋण लिएकी उनले तरकारी बेचेर नियमित किस्ता तिरिरहेकी थिइन् ।
‘लकडाउन सुरु भएपछि तरकारी बिक्न छोड्यो अनि किस्ता तिर्न सकिन, संस्थाले कालोसूचीमा राख्यो ।’ उनले भनिन् । ‘उनिहरुले बाटामा भेटे बाटामा, घाटमा भेटे घाटमा, कहिले झुण्डेर मर् भन्छन्, कहिले त्रिशुलीमा हाम्फालेर मर, पोल–पोलमा तेरो फोटो झुण्ड्याएर बेइज्जत गर्छौँ भनेका थिए ।’ छोरा विदेश जान लागेको छ ।, विदेशबाट पैसा पठाए पछि तिर्छु भन्दा मान्दैन । मिटरव्याजी साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिने र लघुवित्तको ऋण तिर्न फेरि साहुसित मिटरब्याजमा ऋण लिने गर्दा आफूहरुको अबस्था नाजुक हुदै गएको चेपाङ बताउछिन् ।