• आइतबार, साउन १० २०८३

खुकुरी प्रहार गरी धादिङमा शिक्षककाे हत्या


आइतबार, बैशाख २८ २०७७
1.3K
Shares

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ ।

गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ ।

विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए ।

बुढाथोकीको खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि धादिङबेँसी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् ।

उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार