• बुधबार, साउन २० २०८३

शहिद लखन गाउँपालिकामा अनलाइनबाटै घरको नक्सा पास गरिने


आइतबार, पुष १७ २०७९
1.3K
Shares

गोरखा। शहिद लखन गाउँपालिकामा साउन १ देखि विद्युतिय प्रणालीबाट घरनक्सा पास गर्ने भएको छ ।

सेवाग्राहीले नक्सा पासका लागि खर्चिनुपर्ने समय, लागत र झन्झटिलो प्रक्रिया घटाउन चालु आर्थिक बर्षदेखि सो प्रणाली प्रयोगमा ल्याउन लागेकोे गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए।

अध्यक्ष मगरलेले नक्सा पास गर्ने विद्युतीय प्रणालीबाट हुने भएपछि यसबाट सेवाग्राहीको समय र खर्च घट्नुका साथै आर्थिक सुशासनसमेत कायम हुने विश्वास व्यक्त गरे।

‘हामीले विद्युतिय प्रणाली लागू गर्नका लागि प्रक्रिया सुरु गरिसकेका छौ, साउन १ देखि लागू गर्ने करिब पक्का छ ।’ अध्यक्ष थापाले भने। ‘यो प्रणाली लागू गर्न परामर्श दाता छान्नका लागि सूचना आवहन गरिसकेका छौं, अब छिट्टै कार्यान्व्यन प्रक्रियामा जान्छौ ।’

पुस २० गतेभित्र परामर्श दाताहरुको दरखास्त संकलन गरि उत्कृष्ठ परामर्श दाताको छनोट गरी काम अघि बढाउने उनले बताए । ‘नक्सा प्रणाली लागू भएपछि घरमा वा कुनै साइबरमा बसेर सेवाग्राहीले आफ्नो घरको नक्सा पालिकामा पेस गर्न सक्छन्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार