• बुधबार, साउन २० २०८३

त्रिविमा आजदेखि हिउँदे बिदा


आइतबार, पुष १७ २०७९
675
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।

त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा दिने निर्णय गरेको थियो।

पठनपाठन बन्द हुने भए पनि प्रशासनिक काम र तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार