गोरखा । गोरखा जेसीज गोरखाको बर्ष २०२३ का लागि पुष्कर गुरुङ अध्यक्षमा चयन भएका छन् ।
गोरखा सदरमुकाममा शनिवार भएको ४२ औँ वार्षिक साधारण सभा तथा ४२ औँ शाखा अधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्ष दुई पदमा प्रोमदजंग कुँवर र सुजित श्रेष्ठ निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्ष पदकालागि सुजित श्रेष्ठ, ऋषि श्रेष्ठ र प्रमोदजंग कुँवर बिच प्रतिस्पर्धा भएको थियो ।
उपाध्यक्षमा ताराबहादुर खड्का, भुबनबहादुर खड्का, जिवन थापा, बिष्णु थापा मगर र सह सचिवमा सोम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
महासचिव, कोषाध्यक्ष र कानुनी सल्हाकार नयाँ कार्यसमितिले बैठकबाट मनोनित गर्नेछ ।
गोरखा जेसिजका वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा जेसिज २००३ का अध्यक्ष दिलबहादुर बस्नेत, पूर्व अध्यक्ष जिवनज्योती श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, वर्ष २०२२ का उपाध्यक्ष काजिराम दानी लगायतले मन्तब्य राखेका थिए । साधारण सभामा महासचिव पुष्कर गुरुङ र कोषाध्यक्ष राजेश श्रेष्ठको प्रतिवेदन प्रस्तुत सँगै पारित गरिएको थियो ।


