• मंगलबार, भाद्र २ २०८३

पश्चिमी क्षेत्रमा वर्षा जारी, तीन दिनसम्म मौसम सुधार नहुने


आइतबार, बैशाख २८ २०७७
830
Shares

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी भू-भागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ ।

दिउँसोसम्म मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार