गोरखा । गोरखा सदरमुकाममा गुरूङ समुदायले तमु ल्होसार पर्व हर्सोउल्लासका साथ मनाएका छन् ।
हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गरिन्छ ।
ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
तस्बिरहरू










