• शुक्रबार, साउन ८ २०८३

महान् फुटबलर पेलेको निधन


शुक्रबार, पुष १५ २०७९
1.7K
Shares

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

ब्राजिलको मिनास गेराइसमा १९४० अक्टोबर २३ मा जन्मिएका विश्व चर्चित पेलेको उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो। पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।

उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे । उनको निधनको घोषणा उनकी छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार