अग्रज लोकगायक प्रेमराजा महतले गायिका शान्तिश्री परियारसँग मिलेर गाएको लोक गीत ‘बन्दिपुरैमा’लाई स्रोता एवं दर्शकहरुले रुचाए ।
गतवर्ष युट्युबमा सार्वजनिक भएको उक्त गीत हिट भएसँगै यतिबेला भने महतले ‘बन्दिपुरैमा २– ढुंगेधारैमा’ ल्याउँदैछन् ।
यस गीत पनि उनले शान्तिश्री परियारसँगै गाएका छन् ।
रामजी लामछानेको कोरियोग्राफी एवं अग्रज लोकगायक नारायण रायमाझीको निर्देशनमा गीतको भिडियोको छायांकन समेत भइसकेको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गर्न लागिएको वरिष्ठ लोकगायक महतले जानकारी दिएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका उनले नेपाल आगमनको क्रममा नयाँ गीत ल्याउँदै आएका छन् ।