• शुक्रबार, साउन ८ २०८३

गोरखामा सजाय तोकिएका दुई जना फरार अभियुक्त पक्राउ


बिहिबार, पुष १४ २०७९
1.4K
Shares

गोरखा। कैद र जरिवाना तोकिई फरार रहेका दुई अभियुक्तहरुलाई गोरखा प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला अदालत गोरखाले कुटपिट अंगभंग मुद्दामा १ जना, सवारी ज्यान मुद्दामा १ जना गरी २ अभियुक्तलाई पक्राउ गरेको हो । बुधवार उनिहरुलाई ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत गोरखामा उपस्थित गराएको डिएसपी लिलाराज लामिछानेले बताए ।

जिल्ला अदालत गोरखामा पठाईएकोमा कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिन कैद तोकिई फरार रहेका गोरखा पालुङटार ३ निवासी ३० बर्षिय सुदिप परियार र सवारी ज्यान मुद्दामा २ महिना १३ दिन कैद तोकिई फरार रहेका पालुङटार ९ बस्ने २९ बर्षिय नितेश परियारलाइ अदालतबाट कैद भुक्तानको लागि कारागार पठाइएको एसपी खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार