• शनिबार, साउन ९ २०८३

विश्व अपडेट : कोरोनाबाट ७८ नेपालीको मृत्यु, साढे ५ हजार बढीमा संक्रमण


आइतबार, बैशाख २८ २०७७
780
Shares

कोरोना भाइरसको महामारीका कारण विश्वका बिभिन्न देशमा गरी ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ रहेकाे एनआरएनएकाे तथ्यांकमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको बताइएकाे छ ।

त्यस्तै अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा कोरोना भाइरसका कारण नेपालीकाे ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार