• शनिबार, साउन ९ २०८३

कोरोनाबाट २ लाख ८० हजारबढीको ज्यान गयाे, ४१ लाख संक्रमित


आइतबार, बैशाख २८ २०७७
995
Shares

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ६८३ जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ पुगेको छ ।

एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९९७ जनामा नयाँ संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार