• बुधबार, साउन २० २०८३

चिसो बढेसँगै हिटर-कोइला बाल्दा ख्याल गर्न प्रहरीको सात बुँदे अनुरोध


बुधबार, पुष १३ २०७९
890
Shares

चिसो बढेसँगै हिटर-कोइला बाल्दा दुर्घटना हुन सक्ने भन्दै प्रहरीले सात बुँदे अनुरोध गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै सात बुँदे अनुरोध गरेको हो। 

कोठा तताउन हिटर, कोइलालगायत बाल्दा गुम्सिएर दुर्घटना हुन सक्ने हुँदा प्रहरीले सचेत हुन भनेको हो। 

यसरी गुम्सिँदा सुरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि मृत्यु समेत हुने गरेको परिसरले जनाएको छ।

यस्ता दुर्घटना हुनबाट जोगिन पहिल्यै सचेत भएर बाहिर जाँदा हिटर / कोइलालगायत निभाएर जान परिसरको अनुरोध छ। 

झ्याल ढोकाका चरहरूमा बोरा, कपडा राखेर हिटर लगायतका विद्युतीय उपकरणहरू नबाल्न पनि अनुरोध गरेको छ। 

चुल्हो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न र विद्युतीय उपकरणका स्विच, मल्टिप्लग बन्द गर्न पनि अनुरोध गरेको छ। 

यस्तै, चुल्हो, मकल, हिटर नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री (कागज, कपडा, कपास, भुस्साजन्य पदार्थ) नराखी आफू र अरूलाई पनि जोगाउन परिसरले भनेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार