• बिहिबार, भाद्र २५ २०८३

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प


बुधबार, पुष १३ २०७९
730
Shares

बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बागलुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो पराकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार