गाेरखा । एकिकरण नेपाल गोरखाले गाेरखाका ३ विद्यालयमा पुस्तकालय सहयोग गरेकाे छ ।
जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउँपालिका वडा न ७ र ८ रहेको श्री मण्डली आधारभुत विद्यालय, वगेश्वरी आधारभुत विद्यालय र श्री थलीवारी आधारभुत विद्यालयहरुमा पुस्तकालय सहयोग गरेको हाे ।



३ वटै विद्यालयसंगको आवश्यक परामर्शवाट पुस्तक खरिद गरि उपलब्ध गराएको एकिकरण नेपाल गोरखाले वताएको छ । कार्यकारी निर्देशक हरि देवकोटाको अनुसार विद्यालयको माग तथा संस्थासंग भएको सुचीको आधारमा प्रति विद्यालय १२३७ वटा पुस्तक उपलब्ध गराएको हो ।
संस्थाले रुम टु रीड संग आवश्यक समन्वय गरि सम्वन्धित विद्यालयको शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन सम्वन्धि तालिम दिई पुस्तकहरुलाई ग्रोवाई विधिवाट व्यवस्थापन समेत गरि सकेको छ ।
वालवालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने हेतुले पुस्तकालय सहयोग गरेको चाईल्ड फण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरन डंगोलले वताए । संस्थाले वगेश्वरी आधारभुत विद्यालयमा थप पुस्तकालय फर्निचर समेत सहयोग गर्न लागेको छ भने मण्डली आधारभुत विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।


