• बुधबार, साउन २० २०८३

समाजलाई चुनाैती दिदैं गाेरखाकी दिदीबहिनीले गरे बाबुकाे काजकिरिया


मंगलबार, पुष १२ २०७९
1.7K
Shares

सुदिप श्रेष्ठ

गोरखा। गोरखामा दुई छोरीले आफ्नो बाबुको काजकिरिया गरिरहेका छन् ।

छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत धार्मिक मान्यतालाई चुनौती दिदै गोरखा नगरपालिका वडा नं ४ ढुङ्गागाडे निवासी मेलिना थापा मगर र रञ्जिता थापा मगर आफ्नो बाबुको सामूहिक क्रिया बसेका हुन् ।

बाबुलाई दागबत्ती दिने मेलिना र रञ्जिता दुबै अबिबाहीत हुन् । २५ वर्षीया मेलिना बिएड तेस्रो बर्षमा र १९ वर्षीया रञ्जना १२ कक्षामा अध्यनरत् रहेको छिमेकी निर्मला थापा बताउँछिन् । आफ्ना आमाबाबुको मृत्यु पश्चात् छोराहरू कोरा पसेर किरिया गर्ने प्रचलन रहेपनि मेलिना र रञ्जिता कोरामा किरिया बासिरहेका छिन् ।

५४ बर्षिय बाबु लोक बहादुर थापा मगरको ब्रेन ह्यामरेजका कारण असामयिक निधन भएपछि दुई दिदीबहिनी किरियामा बसेको मेलिना बताउँछिन् ।

‘घर परिवार सबै सँग सल्लाह भयो हामी पनि बाबुको कृया गर्न सक्छौ, छोरी भएर पनि छोरा सरह काम गर्न सक्छौ भनेर आँट गरेर यो काम गरेका हौ ।’ मेलिनाले भनिन् ‘हामिलाई काेरा बस्दा केहि अफ्ठ्यारो महसुस भएको छैन, सहजै भएको छ ।´

आफु केही जानेको बुझेको छैन, छोराले गर्दै आएको कामलाइ छोरीले गरेको देख्दा राम्रो लागेको आमा सुनमाया थापाले सिभिलखबरलाई सुनाईन् । ‘छोरीहरुले हामि आफै गर्छाै, आफै गर्न सक्छाै भनेर भने’ उनले भनिन् ‘शिक्षित छन् पढेलेखेको छन् सक्छन होला भनेर थुन छेक नगरी किरिया गर्न दियौं ।’

वडाभरीमै पहिलो पटक छोरीले पनि बाबुको कृया गरेको देख्दा टोलबासी पनि खुसी हुदै उनिहरुलाई हौसला प्रदान गरेको छिमेकी निर्मला बताउछिन् । ‘मैले त युट्युबमा मात्र यस्तो देखेको थिए, तर अ‍ैले प्रत्यक्ष देख्न पाउदा धेरै खुसी छु ।’ उनले भनिन् । ‘यो देखेर छोरा नहुने हरुलाई छोरीले पनि यस्तो गर्न सक्द रहेछ भनेर हिम्मत हुन्छ ।’

बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परालाइ तोडेर बाबुको मृत शरिरलाई काधमा बोकेर घाटसम्म लगी दागबत्ति दिएको छिमेकी क्षेत्र बहादुर थापाले बताए । उनले भने । ‘छोराले मात्र कृया गर्न सक्छ भन्ने होईन, छोरीले पनि गर्न सक्छन भन्ने यी दिदीबहिनीले देखाईदिए ।’ अहिले पनि उनीहरूका काका\काकी, छरछिमेकी र मावलीको सहयोगमा काजकिरिया र नबाै दिनको संस्कार चलिरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार