गोरखा । रासायनिक मलमा कालोबजारी गरेको आरोपमा गोरखामा दुई जना पक्राउ परेका छन् ।
गोरखाको भिमसेन थापा गाउँपालिका १ निवेलका भक्त प्रसाद श्रेष्ठ र रमेश श्रेष्ठले अनाधिकृत रुपमा बढी मुल्यमा मल बेचेको आरोपमा उनिहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भक्त प्रसाद श्रेष्ठले संचालन गरेको हिमालयन गोरखा एग्रो फर्म प्रा.लि.नामको पसलबाट मूल्य सुची टाँस नगरी मूल्य भन्दा बढी दर रेट कायम गरी अनाधिकृत रुपमा स्थानीय कृषकहरुलाई बिभिन्न समयमा रसायनिक मल बेच बिखन गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ५३ बोरा रसायनिक मल भण्डारण गरेको उक्त फर्मको कोठा समेत सिल गरेको जनाएको छ ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई कालो बजार ऐन २०३२ अन्तर्गत कानूनी कारबाही प्रकृया अघि बढेको प्रहरीको भनाई छ ।