• शनिबार, साउन ३० २०८३

१४ जिल्लाका ५ हजार बढीकाे स्वाब संकलन गर्दै सेना र प्रहरी


शनिबार, बैशाख २७ २०७७
910
Shares

सरकारले कोरोना संक्रमणको जोखिम उच्च रहेका चार वटा प्रदेशका १४ जिल्लाबाट ५३०० जनाको स्वाब संकलन गर्ने योजना अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरेको छ।

सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शुक्रबार वैशाख २६ गते नेपाली सेनाको हवाई साधन तथा गाडीहरूबाट टोली पठाइएको जनाएको छ।

प्रदेश १ को उदयपुर, प्रदेश २ का बारा, पर्सा र रौतहट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, प्रदेश ५ को नवलपरासी पश्चिम, अर्घाखाँची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियातर्फ संयुक्त टोली पठाइएको हो।

सीसीएमसीले १४ जिल्लामा संक्रमणको जोखिम मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परिक्षणका लागि पठाउने कार्यक्रम रहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार