• बुधबार, साउन २० २०८३

नेपाल जेसिजको ४९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा मानन्धर


सोमबार, पुष ११ २०७९
1.6K
Shares

वीरगन्जमा सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी भएका छन्। 

महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनीलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उनको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी भए। 

मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी रवीन पोखरेलले दुई सय ९७ मत ल्याए। मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भए। 

यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी भएका छन्। 

उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित भए। 

यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी भए। 

महाधिवेशनबाट एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदका लागि शनिबार मतदान भएको थियो। 

यसगैरी अध्यक्षले महासचिवमा अमिस ढकाल, कोषाध्यक्षमा मोहन डांगी र कानुनी सल्लाहकारमा अशोक कोइरला मनोनित गरेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार