• बुधबार, साउन २० २०८३

मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द


सोमबार, पुष ११ २०७९
880
Shares

गोरखा। मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा बन्द भएको छ । विद्युत आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा ठुलो क्षति पुग्न गएको कम्पनीले जनाएको छ ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार