गोरखा । आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार गोरखाको सदरमुकाममा अन्तरािष्ट्रय आप्रवासी दिवस मनाइएको छ ।
‘वैदेशकि रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रयि स्वाभमिान’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी श्रमीक दिवस २०२२ को अवसरमा देश भर सप्ताहब्यापी कार्यक्रम गर्ने बैदेशिक रोजगार बोर्डले जनाएको थियो l
सोहि अबसरमा सप्ताहको अन्तिम दिन गोरखामा जनप्रतिनिधिहरुसंग अन्तरकृया तथा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकाहरुको लागि शैक्षिक सामग्री वितरण गरी मनाइएको हो ।
कार्यक्रममा एकिकरण नेपालको सहसचिब यदु प्रसाद अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता रहेकाे थियो l
सो अवसरमा बोल्दै अधिकारीले युवायुवतीहरुले तालिम सिकेर मात्रै बैदेशिक रोजगारीमा जानको लागि सुझाव दिए । सामी कार्यक्रमले बैदेशिक रोजगारीको अवसरमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग र उद्दार गरेर उदाहरणीय कार्य गरेको उनले बताए ।
सामी कार्यक्रमको जिल्ला संयोजक चन्द्र देवकोटाले बैदेशिक रोजगारले देशको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको बताएका छन् । ग्रामीण क्षेत्रको तल्लोस्तरसम्मका नागरिकहरुको गुजारा रेमिट्यान्सले गरेको उनकाे भनाई छ ।
बैदेशिक रोजगारको क्रममा सीपमूलक र सुरक्षित रोजगारको सिर्जना गर्न सचेत बन्नुपर्ने भन्दै देवकाेटाले सुरक्षित, मर्यादित रोजगारको खोजीमा जानुपर्छ भन्ने भावना जाग्नुपर्नेमा उनकाे जोड छ । बैदेशिक रोजगारको क्रममा ठगिने, मृत्युवरण र अलपत्र परेका परिवारलाई राहत तथा उद्दारको कार्य सामी कार्यक्रम मार्फत सेवा प्रदायक संस्था एकीकरण नेपाल ले गर्दै आएको छ ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, वारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सामी कार्यक्रम अन्र्तगतका क्रियाकलापहरु संञ्चालन भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखा मा रहेको आप्रवासी स्रोत केन्द्रबाट जिल्लाभरीकै व्यक्तिहरुले परामर्श र सुचना पाउने काम भैरहेको पनि देबकोटाले बताए ।

कार्यक्रममा सामी कार्यक्रम र आप्रवासी कामदार हकहित संरक्षण संजालले संयुक्त रुपमा त्यस्ता अफ्ट्यारो मा परेका र विभिन्न कारणले सरकारले सहयोग गर्न नसकेका ४ जना बालबालिकालाई सो स्टेसनरी सामग्री वितरण गरेको थियो l
सहयोगले बालबालिकाको अध्ययन लाइ निरन्तरता दिन सहयोग पुग्ने संजालका अध्यक्ष साजन रानाले बताए l साथै आगामी दिनमा यो अभियानलाई अझ ब्यापक र जिल्लाब्यापी गर्दै जाने समेत उनले बताए l