• आइतबार, साउन १० २०८३

गोरखाकाे बतासेमा ट्रक दुर्घटना, चालक गम्भिर घाईते


शनिबार, बैशाख २७ २०७७
1.3K
Shares

गोरखा । शनिबार बिहान गोरखामा ट्रक दुर्घटना भएकाे छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६ बतासे स्थित सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भिर घाईते भएका छन् ।

गोरखा सदरमुकामबाट बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गाेरखाका एसपी ओम प्रसाद अधिकारीले बताएका छन ।

घाईते बिकको पेटमा गहिरो चोट लागेको र गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएकाे एसपी अधिकारीले जानकारी दिए ।

चालक गोरखा नगरपालिका १० छेवेटार निवासी रहेकाे खुलेकाे छ । ट्रकमा सवार अन्य दुई जना भने शकुसल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार