गोरखा। गोरखाको बुङ्कोटघाटमा आगामी फागुन २३ देखि ३० गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
नामजुङ सेवा समाजको आयोजना तथा शहिदलखन गाउपालिका र शहिद लखन ९ को समन्वयमा भिमबिरेश्वर आध्यात्मिक महोत्सब २०७९ हुन लागेको हो । आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शिव बन्जराले उक्त महायज्ञको जानकारी दिएका हुन् ।
‘घरघरबाट उठौं बस्तिबस्तिबाट जुटौं यो महान महोत्सबमा कोही पनि नछुटौं, सक्नेले धेरै दान गरौ नसक्नेले थोरै दान गरौ केही नत केही त अबस्य दान गरौ ’ भन्ने मुल नारामा साथ यस महोत्सबको आयोजना गरेको नामजुङ सेवा समाजको प्रथम उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।
आपत बिपतमा परेकालाई सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष बञ्न्जराले बताए । उक्त महायज्ञबाट जुटेको रकम नाम्जुङ सेवा समाज आपतकालिन राहात कोष सञ्चान गर्ने र आबस्यकता अनुसार कोषमा रहेको रकम जैबिक आपत बिपतमा परेकालाई सहयोग गर्ने अध्यक्ष बञ्न्जराले बताए ।
उक्त कार्यक्रम प्रस्तुति पण्डित दीनबन्धु पोख्रेलले बाचन गर्ने थापाले बताए । पहिला २०४२ सालमा यक्ष भएको थियो, त्यसपछि अहिले त्यस्तो स्थरको यक्ष हुन लागेको पण्डित दीनबन्धु पोख्रेलले बताए । उनका अनुसार प्रचुर सम्भाबना बोकेको यस क्षेत्रलाई उजागर गराउन यो कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रम आयोजनाका लागि १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरिएको कार्यक्रमको मुल संयोजक समितिको संयोजक सुरेन्द्र थापाले जानकारी दिए । जसमा कार्य सञ्चालन र ब्यबस्थापन सहजताको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन भएका छन् ।
संयोजक १, सह संयोजक ११ कोषाध्यक्ष १, सह कोषाध्यक्ष ११, सचिव १, सहसचिब ११ जना मुल संयोजक समितिमा रहेको उनले बताए । उक्त महायज्ञ समापनसम्म २५ हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । भने भक्तजनबाट २ करोड रुपैयाँ उठने अनुमान गरेको छ ।